१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

समृद्धि फाइनान्सले ′समृद्धि मोवाइल बैंकिंग‘ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने

२६ जेठ, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ′समृद्धि मोवाइल बैंकिंग‘ एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिब एपमा थप गरिएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी पाउनेछन्। रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “सेन्ड मनी” मार्फत साेझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुबिधामध्ये एक रोज्न सक्नेछन्। यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “रिसिभ मनी”प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन्। साथै कम्पनीले संचालनमा ल्याएको समृद्धि बैंक एप्लिकेशनबाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्नेछन् ।

यस फाइनान्सले सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्दै आएको छ । यस फाइनान्सले आफ्ना पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

संस्थाको आइपीएस, कनेक्टआइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : June 9, 2021 at 12:36 pm