१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आईपीओ निष्कासन नहुने भएपछि सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्दै

२६ जेठ, काठमाडाैँ । आईपीओ निष्कासन नहुने भएपछि सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने भएको छ । साधारणसभाबाट बुक बिल्डिङमार्फत सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै प्रक्रिया अगाडि बढाएको कम्पनीले चालु आर्थिक वर्षमा नै आईपीओ निष्कासन नहुने भएपछि सेयरधनीलाई लाभांश वितरण गर्ने गरी अघि बढेको हो ।

सर्वोत्तमले चुक्ता पुँजीको ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सर्वोत्तमले चालु आर्थिक वर्षमा आईपीओ नआउने भएपछि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ । कम्पनीले असार १० गतेका लागि विशेष साधारणसभा डाकेको छ । कम्पनीले सभामा चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

प्रस्तावित बोनस सेयर पारित भएपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले संस्थागत योग्य लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण २८ लाख कित्ता गरि कुल ६० लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:०१