२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

कांग्रेस तीन वर्षपछि तीन मन्त्रीसहित प्रदेश नम्बर २ को सरकारमा

२६ जेठ, काठमाडौँ । नेपाली कांग्रेस तीन वर्षपछि प्रदेश नम्बर २ मा सरकारमा सहभागी हुन पाउने भएको छ । कांग्रेसका तीन सांसदलाई जसपाले मन्त्री हुने अवसर दिँदैछ । योसँगै माओवादीले पनि प्रदेश नम्बर २ को सरकारमा सहभागीता जनाउन पाउनेछ ।

जसपाले कांग्रेसका लागि तीन र माओवादीका लागि दुई मन्त्री दिन तयार रहेको बताएपछि उनीहरूले मन्त्री बनाउने उम्मेदवार खोज्दैछन । कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् । बुधबार बिहान जसपा यादव समूह, कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँटको सहमति भएसँगै प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । तर, कांग्रेस र माओवादीले पाउने मन्त्रालय भने टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : 11:52