२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

माधव नेपालको ‘शेरबहादुर-गमन’ कसरी भयो क्रान्ति अग्रगमन ?

२६ जेठ, काठमाडाैँ । नेकपा (एमाले) अन्तरकलहकै बीचमा थप कमजोर बनिरहेको छ । पार्टी फुटाउने संख्या र हैसियत नभएका माधवकुमार नेपाल समूहले निरन्तर एमालेको विरूद्धमा र कांग्रेस र माओवादीको पक्षमा सांसद र तीनका हस्ताक्षरको दुरूपयोग गरिरहेका छन । यसबाट एमाले कार्यकर्ता निराश बनेका छन ।

यहीबीचमा एमालेले साधारण सदस्य समेत खोसेका माधव नेपालले बृहत कम्युनिस्ट एकताको नयाँ फण्डा सार्वजनिक गर्नुभएको छ । उहाँको फण्डामाथि विभिन्न प्रतिक्रिया सार्वजनिक भैरहेका छन । यसै क्रममा अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्यले माधव नेपालको शेरबहादुर गमन कसरी क्रान्ती भयो भन्दै प्रश्न गर्नुभएको छ ।

आचार्यले भन्नुभएको छ ‘वृहत कम्युनिष्ट एकताको’ अस्त्र फालेका माधव कमरेड वादल कमरेडहरु प्रति किन असहिष्णु ?? जो एमाले भए बापत सांसद समेत गुमाउन तयार भए उनीहरु प्रति वैरभाव राख्नु र प्रचण्डको साउतीकै भरमा यस्तो राग अलाप्नु द्वैध चरित्र हो । अझ ‘शेरबहादुर-गमन’लाई क्रान्ति र कम्युनिष्ट पार्टी जोगाउने ‘अग्रगमन’ ठान्नु १००% उल्टो बाटो हो । हेक्का रहोस्, एमाले बलियो नभई वा एक नभइ वृहत कम्युनिष्ट एकता सार्थक हुनै सक्दैन ।’

प्रकाशित मिति : 11:42