देउवा र प्रचण्डसँग मिल्ने माधव-झलनाथ एमाले अध्यक्ष ओलीसँग किन मिल्न तयार छैनन् ?
२६ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकता नहुनुमा मुलत दुई कारण रहेको बताउनुभएको छ ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तीनै जनामा एकै खालको समस्या औल्याउनुभएको छ ।
नेता भट्टराईले कांग्रेससभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग मिल्न तयार माधव(झलनाथ पार्टी अध्यक्ष ओलीसँग किन मिल्न सकिरहेका छैनन भन्ने प्रश्न समेत गर्नुभएको छ । त्यस्तै पार्टी अध्यक्ष ओली माधव(झलनाथ खनासँग नमिल्ने तर महन्थ ठाकुर र राजनेन्द्र महतोसँग मिल्न किन तयार भैरहेका छन भन्ने पश्न गर्नुभएको छ ।
उहाँले एमालेको एकताको मुल जड यस्तो रहेको बताउनुभएको छ
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब रु एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।
प्रकाशित मिति : 09:17









