२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

बाबुरामलाई आफ्नो अभिव्यक्ति प्रोपगाण्डा होइन भनेर पुष्टि गर्न कमल थापाको चुनौति

२५ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशबिरूद्ध षड्यन्त्र भएको भए जनताले बुझ्ने भाषामा जानकारी दिन अनुरोध गर्नुभएको छ । जसपाका नेता बाबुराम भट्टराइले षडयन्त्रको विषय बाहिर ल्याएको भन्दै यथार्थ विषय भए जनताले बुझ्ने भाषामा बताउन अनुरोध गर्नुभएको छ । उहाँले ट्वीट मार्फत यस्तो बताउनुभएको हो ।

उहाँले भट्टराइलाइ आफ्नो दाबी प्रोपगाण्ड होइन भन्ने प्रमाणित गर्न र सत्य भए त्यो विफल पार्न आफू पनि लागि पर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘देश र जनता बिरूद्ध देशी बिदेशी शक्तिबाट गंभीर षडयन्त्र भैरहेको सूचना पाएको बाबुरामले वताएका छन्।यस्तो सम्वेदनशील विषयलाई अमूर्तरछद्म शैलीमा होईन,जनताले बुझ्ने गरि स्पष्ट पार्न आग्रह छ। बाबुरामको प्रोपगण्डा होईन र साच्चै नै षडयन्त्र भएको छ भने त्यसलाई विफल पार्नु सबैको कर्तव्य हो ।’

प्रकाशित मिति : 17:39