सर्वोच्च अदालत हाम्रो पक्षमा छ, प्रतिनिधिसभा पुनस्थापना हुन्छः प्रचण्ड
२५ जेठ, काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत आफूहरूको पक्षमा रहेको बताउनुभएको छ । उहाँले अदालत आफ्नो पक्षमा रहेको भन्दै सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गर्ने दाबी पनि गर्नुभएको छ ।
उहाँले नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा भर्चुवलली सम्बोधन गर्दै अहिले संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर गर्नुभयो । उनले प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस, माधव नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा पनि रहेकोले बहुमतको कदर गर्दै अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने बताउनुभयो ।
प्रकाशित मिति : 17:02









