प्रदेश २ को प्रदेशसभा बैठक विपक्षीद्वारा अवरुद्ध
२५ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । विपक्षी दलले प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् ।
विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठक सुरु भए लगत्तै बिरोध जनाएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका थिए । विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनौट गरेर अख्तियारी पठाउने निर्णय गरेपनि सरकारले आफू खुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाउनुभयाे । उहाँले आफूहरुसँग योजना माग त गरियो तर ती सबै योजनालाई रद्दीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएपछि बैठक अवरुद्ध गरेको स्पष्ट पार्नुभयाे ।
प्रकाशित मिति : 16:10







