गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने
२५ जेठ, कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने हुनुभएकाे छ । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएकाे हाे । यसबारे मुख्यमन्त्री गुरुङले प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराउनुभएकाे हाे ।
प्रकाशित मिति : 14:30







