सुदूरपश्चिम प्रदेशसभा सदस्य रेग्मीले छाडे माधव नेपालकाे साथ
२५ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले माधव नेपाल समूहको साथ छाेड्नुभएकाे छ । उहाँले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्नुभयाे । बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिनुहुन्थ्याे ।
याेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या ७ पुगेको छ । मुख्यमन्त्रीको विपक्षमा एमालेका सात सांसदले मतदान गरेका थिए । यस प्रदेशमा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिएका छन् ।
प्रकाशित मिति : 14:06









