सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु
२५ जेठ, काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभएकाे छ । मुख्यमन्त्री भट्टले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएकाे हाे ।
मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने निर्णय गरेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका २ जना छन्।
प्रकाशित मिति : 11:01









