२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मन्त्रीमण्डल पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

२४ जेठ, काठमाडाैँ । मन्त्रीमण्डल पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार दायर गर्नुभएकाे रिट निवेदन साेमबार दर्ता भएकाे हाे । कामचलाउ प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संविधानविपरीत भएकाे भन्दै बदर हुनुपर्ने माग रिटमा गरिएकाे छ । कामचलाउ सरकारले दैनिक प्रशासनिक र अत्यावश्यक बाहेक काम गर्न नपाउने समेत रिटमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते मन्त्रिमण्डल पुनर्गठन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : 17:48