३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

सुरूमा अध्यक्ष ओलीको वक्तव्य देखेर म पनि खुसी भएँः केन्द्रीय सदस्य झाँक्री

२३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति पढेर सुरूमा खुसी भए पनि त्यो नटिकेको पतिक्रिया दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा मार्फत भन्नुभएको छ ‘भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ।’

उहाँले दुबै पक्षका सहमति बिना संयुक्त वक्तव्य नआएकाले यो एकताका लागि नभएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘अब रह्यो नेकपा एमालेको एकताको कुरास् यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।’

प्रकाशित मिति : June 6, 2021 at 10:57 pm