२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूकाे बुमेराङ साँच्चै हेर्नलायक छः थापा

२३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपप्रधानमन्त्री राजेन्द्र महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूकाे बुमेराङ साँच्चै हेर्नलायक रहेको बताउनुभएको  छ।

महतोले आफ्नो विवादित अभिव्यक्ति २४ घण्टाभित्र फिर्ता लिएको बताएपछि विज्ञप्तिहरू सेयर गर्दै ट्वीटमा सल्लाहकार थापाले भन्नुभएको छ ‘प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महताे त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए। महताेकाे समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूकाे बुमेराङ साँच्चै हेर्नलायक छ !’

जनता समाजवादी पार्टीका नेता महतोले शुक्रबार उपप्रधानमन्त्रीको शपथ खानासाथ पदबाहालीको क्रममा बहुराष्ट्रिय राज्य स्थापनाको वकालत गर्नुभएको थियो । त्यो अभिव्यक्ति संविधानविपरीत देश विखण्डनकारी भएको भन्दै व्यापक आलोचना भएपछि एमालेकै माधव नेपाल समूहले विज्ञप्ति नै जारी गरेर बिरोध गरेको थियो । चौतर्फी विरोधपछि मन्त्री महताले शनिबार मध्यराति विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्ति सच्याउनुभएको छ ।

प्रकाशित मिति : 09:01