२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

राजेन्द्र महतोको अभिव्यक्तिमा कांग्रेस र माओवादी केन्द्रको मौन समर्थन

२२ जेठ, काठमाडौँ । भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेर पनि सफलता प्राप्त गर्न नसकेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेता राजेन्द्र महतोको अभपव्यक्तिमा मौन समर्थन देखिएको छ ।

विगत २४ घण्टादेचि चर्चामा रहेर हजारौँले चर्को निन्दा गरिरहेको अभिव्यक्तिको विषयमा कांग्रेस र माओवादी शनिबार जारी गरेको विज्ञप्ति मार्फत बोलेनन् । यसले दुबै पार्टीको मौन समर्थन रहेको देखिएको छ । महतोले नेपाल राज्य विघटन गरी बहुल राज्य बनाउनका लागि आन्दोलन गर्ने बताएका छन ।

उनले उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्ने बेलामा र शनिबार गरेर दुइ पटक उक्त अभिव्यक्ति दिएका छन । उक्त अभिव्यक्तिमा धेरैले ओलोचना र निन्दा गरेका छन । तर कांग्रेस र माओवादीले एमालेबाट निकालिएका माधवकुमार नेपालको समेत हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा यसको विषमाय चुँ पनि बोलिएको छैन । संयुक्त विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 21:54