२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

बहुराज्य माओवादी केन्द्रको नीति हो, उ परिवर्तन भए जसपा पनि होलाः मुख्यमन्त्री पोखरेल

२२ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुराज्य माओवादी केन्द्रको नीति रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुराज्यबारेको टिप्पणी विवादित भैरहेको समयमा मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले माओवादी केन्द्रको बहुराज्यको नीति परिवर्तन भए जसपाको पनि बदलिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘जसपाका कतिपय नीतिसंग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै । आज जुन कुराको तिव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ ।’

प्रकाशित मिति : 21:21