२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

प्रभावशाली नेता विभाजित भएकाले तत्काल नयाँ पार्टी बनाउन सकिएनः पूर्व प्रधानमन्त्री नेपाल

२२ जेठ, काठमाडौँ । नेकपा (एमाले)ले साधारण सदस्य समेत खोसेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू निकटका जिल्ला अध्यक्ष र सचिवसँग प्रभावशाली नेताहरूको मत बाझिएका कारण तत्काल नयाँ पार्टी गठनको सम्भावना कम रहेको बताउनुभएको छ । आफूनिकट जिल्ला अध्यक्ष र सचिवको भर्चुअल भेलामा उहाँले तत्कालै नयाँ पार्टी बनाउने अवस्था नरहेको बताउनुभयो ।

उहाँले आफ्नो टिमभित्रै समस्या रहेको कुरा समेत बताउनुभयो । भेलामा सहभागी एक नेताका अनुसार नेपालले भन्नुभयो ‘नयाँ पार्टी गठन गर्न टिममा समस्या भयो । परिस्थिति पनि अनुकूल देखिएन । संसद्मा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन छ । एमालेकै तर्फबाट हामी त्यहाँ मुद्दा लडिरहेका छौँ ।’

उहाँले अझै केही नेताले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर परिणमा निकाल्छौँ भनेर लागिरहनुभएको बताउँदै मिल्ने सम्भावना आफूले नदेखेको बताउनुभयो ।

प्रकाशित मिति : 16:12