प्रधानमन्त्री ओली र एमालेलाई धन्यवाद दिँदै पूर्वमन्त्री ढकालले नयाँ मन्त्रीलाई दिए बधाई
२१ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट विदा लिनुभएका भानु भक्त ढकालले मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले)लाई धन्यवाद दिनुभएको छ ।
शुक्रबार राति समाजिक सञ्जाल मार्फत पूर्वमन्त्री ढकालले मन्त्रीको रूपमा काम गर्दा प्रत्यक्ष/अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘२०७५ साउन १८ गतेदेखि आजसम्म नेपाल सरकारको कानून, न्याय तथा सम्सदीय मामिला; स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा रहेर काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिज्यू र पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
ढकालले कानून, न्याय तथा सम्सदीय मामिला; स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी तीन मन्त्रालयको सफल नेतृत्व गर्नुभयो । अाफ्नो कार्यकालमा मन्त्रीको रूपमा दुई पटक सपथ गर्नुभएको ढकालले तीन वटा मन्त्रालयमा चार पटक पदभार ग्रहण गर्नुभएको थियो । ढकालले पछिल्लो पटक हवाइ इन्धनको मूल्य समायोजनका लागि महत्वपूर्ण पहलकदमी लिनु भएको थियो ।
प्रकाशित मिति : 22:12









