२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मन्त्रिपरिषद् १७ सदस्यीय बन्यो, प्रधानमन्त्री ओलीसँग ७ मन्त्रालय (कार्यविभाजनसहित)

२१ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रीपरिषद् बनाउँदै पुनर्गठन गर्नुभएको छ । नेकपा (एमाले)को भागमा रहने सात मन्त्रालयको जिम्मेवारी आफैँले राख्दै प्रधानमन्त्री ओलीले १६ जनाको नयाँ टिम बनाउनुभएको छ । वर्तमान मन्त्रिपरिषद्का चार जना सदस्यलाई मात्र निरन्तरता दिँदै उहाँले जसपाका १० जना र एमालेबाट नयाँ दुई जनालाई आज मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को तीन जना उपप्रधानमन्त्री राख्नुभएको छ । एमालेबाट दुई जना र जसपाबाट एक जना उपप्रधानमन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालय भने आफैँसँग राख्नुभएको छ । प्रधानमन्त्रीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नयाँ मन्त्री केही दिनमा मात्र सिफारिस गर्नुहुने भएको छ ।

मन्त्रिपरिषद् विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्रीमा नियुक्त हुनुभएको छ । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा हुनुहुन्छ । त्यस्तै स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनुहुनेछ ।

यस्तै जसपाबाट शरदसिंह भण्डारी ऊर्जा, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा विमल श्रीवास्तव, पर्यटनमा उमाशंकर अरगरिया, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चन्दा चौधरी, युवा तथा खेलकूद एकवाल मिया र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्रीको रूपमा सपथ लिनुहुनेछ ।

प्रकाशित मिति : 19:32