चार बाहेक एमालेका सबै मन्त्री सरकारबाट हटे, नयाँले अवसर पाउँदै
२१ जेठ, काठमाडाैँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेल उपप्रधानमन्त्रीको जिम्मेवारीबाट विदा हुनुभएको छ । पार्टीको काममा केन्द्रीत हुनका लागि उहाँको सरकारको जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । त्यस्तै एमालेबाट सरकारमा सहभागी हुनुभएका २ वर्ष पूरा भएका सबै मन्त्रीले विदा पाउने स्रोतले जनाएको छ । अहिलेसम्म को पदमुक्त भएका छन भन्ने जानकारी दिइएको छैन । यद्यपी स्रोतले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक एमालेका सबै मन्त्री हट्ने जानकारी दिनुभयो ।
प्रकाशित मिति : 18:06









