२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

सांसदबाट हटाइएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले दिए सर्वोच्चमा रिट

२१ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा सर्वोच्चमा पुग्नुभएकाे छ । बिहीबार थापालाई जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो। आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको भन्दै थापा शुक्रबार सर्वोच्च अदालत पुग्नुभएकाे हाे ।

आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै थापाले सर्वोच्चमा रिट दिनुभएकाे हाे । उक्त रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि थापालाई पार्टीले कारवाही गरेको हाे । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रकाशित मिति : 15:35