आफू र परिवारले खाेप लगाएहरूले राष्ट्रपतिकाे विराेध गरिरहेका छनः सल्लाहकार थापा
२१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू र परिवारले खाेप लगाएहरूले राष्ट्रपतिकाे विराेध गरिरहेको बताउनुभएको छ । शुक्रबार बिहान ट्वीट मार्फत सल्लाहकार थापाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ ‘तथ्यांक लेख्न उचित लागेन- हामीलाई ४ कराेड डाेज खाेप चाहिन्छ, त्यसनिम्ति राष्टपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकाे तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खाेप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिकाे विराेध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।’
प्रकाशित मिति : 10:19









