२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

फिफा विश्वकप दोस्रो चरणको छनौटः नेपाल चाइनिज ताइपेविरुद्ध २-० ले विजयी

२० जेठ, काठमाडौँ । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलमा नेपाल आज चाइनिज ताइपेविरुद्ध विजयी भएको छ । नेपालले चाइनिज ताइपेलाइ २-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि चौँथो मिनेटमा अन्जन विष्टले र ८१ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए । नेपालले यसपछिको खेल ७ जुनमा जोर्डनविरूद्ध खेल्नेछ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार २३:३९