माधव नेपालसहित आफूलाई नेतृत्वबाट विदा दिन झलनाथ खनालको प्रस्ताव
२० जेठ, काठमाडौँ । नेकपा एमालेले साधार सदस्य समेत खोसेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले गुटको एउटा बैठकमा माधवकुमार नेपालसहित आफूलाई पनि नेतृत्वबाट विदा दिन प्रस्ताव राख्नुभएको छ । बिहीबार भर्चुवल माध्यमबाट भएको गुटको बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले आफ्नो पुस्ताका नेताले अब केही गर्न नसक्ने बताउनुभएको छ ।
उहाँले अब नयाँ पुस्ताले अघि सरेर नेतृत्व लिनुपर्ने बताउनुभएको बैठकमा सहभागी नेताहरूले बताएका छन । बैठकमा खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न गर्न युवाहरूलाई आग्रह नै गर्नुभयो । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि खनाल घरमै आराम गरेर बस्नुभएको छ ।
प्रकाशित मिति : 21:24









