२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माओवादीले बर्खास्त गरेका तीन सांसद सर्वोच्चमा, कानुनविपरीत पदमुक्त गरेको दाबी

१९ जेठ, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) केन्द्रले बर्खास्त गरेका तीन सांसद सर्वोच्च अदालत पुगेका छन । माओवादीले बर्खास्त गरेको लामो समयपछि उनीहरू सर्वोच्च अदलातको ढोकामा पुगेका हुन । उनीहरूले माओवादी कानुनविपरीत पदमुक्त गरेको भन्दै पुनर्वाबाहली गराउन माग गरेका छन ।

सर्वोच्च जानेमा धनुषा निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित रामचन्द्र मण्डल, रौतहट निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुन्दनप्रसाद कुशवाहा र बाराबाट समानुपातिक सांसद बनेका महम्मद समीर रहेका छन । उनीहरूले अदालतमा उत्प्रेषण परमादेशको मुद्दा दर्ता गराएका हुन् ।

रिट निवेदकले नेपालको संविधानको धारा १७८ बमोजिमको योग्यता पूरा गरी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएको भन्दै संविधानको धारा १७७ बमोजिम निर्वाचित भएको मितिले पाँच वर्षसम्म आफूहरु पदमै रहने संवैधानिक व्यवस्था कायम रहेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : 09:42