३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

एमालेको स्थायी कमिटी बैठक बस्दै, १२ नेताको कारबाही केही दिन रोकिने सम्भावना

१८ जेठ, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ । बैठकले यसअघि कारबाहीको तयारी गरेको थप १२ नेताको कारबाही केही दिन रोक्ने अनुमान गरिएको छ । एक महिनाकोबीचमा एमालेलाइ तेस्रो पटक पराजित गराउन सफल माधवकुमार नेपाल समूहका केही नेता सहित प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेता सोमबार राति पाँच घण्टा वार्ता गरेका थिए । स्थायी कमिटीको पूर्वसन्ध्यामा भएको उक्त छलफलका कारण कारबाही केही दिन रोकिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : June 1, 2021 at 11:09 am