२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

देउवा, प्रचण्ड र माधवले बजेटको बिरोध गर्दै भने, सर्वोच्चले प्रधामन्त्री बनाइदिने आशा बाँकी छ

१६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति, नेकपा माओवादी केन्द्रका अध्यक्ष र एमालेले साधारण सदस्य समेत खोसेको माधवकुमार नेपाल लगायतले बजेटको बिरोध गर्दै सर्वोच्चले प्रधानमन्त्री बनाइदिने आशा अझैँ बाँकी रहेको बताएका छन । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुक्त विज्ञप्ति मार्फत बजेटप्रति दुःख प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री केपी शामा ओलीबाट राष्ट्रपतिसंग मिलोमतो गरी नेपालको संविधानका विभिन्न धाराहरुको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरियो । प्रधानमन्त्रीद्वारा भइरहेको संविधानको उल्लंघन संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुनः प्रकट भएको छ । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठीन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेका छन् । सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढ्दो छ । राज्ययन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदैछ ।’

नेताहरूले विज्ञप्तिमा उल्लेख गरेका छन ‘प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रूपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकाबाई नगर्न सरकारलाई चेतावनी दिन चहान्छौं । सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकाबाईमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौ । संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको सरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौं । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्धरुपमा सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आव्हान गर्दछौ।’

प्रकाशित मिति : 12:44