रविन्द्र अधिकारीको नाममा विमानस्थलको नामाकरण गरिएकोमा योगेश भट्टराईको आपत्ति
१६ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले रविन्द्र अधिकारीको नाममा विमानस्थलको नामाकरण गरिएको आपत्ति जनाउनुभएको छ । सरकारले बजेट मार्फत ताप्लेजुङको सुकेटार विमानस्थलको नामा रविन्द्र अधिकारी विमानस्थल बनाउने घोषणा गरेपछि आइतबार सामाजिक सञ्जाल मार्फत भट्टराईले रविन्द्रको नाममा विमानस्थलको नामाकरण गरिएकोमा असहमति प्रकट गर्नुभएको हो । भट्टराई विघटित प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियो ।
उहाँले भन्नुभएको छ ‘ऐ तिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ ।’
प्रकाशित मिति : 09:31









