सुदूरपश्चिम प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीले लिए सपथ
१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्री, पूर्णा जोशीलाई सामाजिक विकासमन्त्री बनाउनुभएको छ ।
नेपाल पक्षकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त हुनुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट मानबहादुर धामी उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री नियुक्त हुनुभएको छ भने माओवादी केन्द्रकै मानबहादुर सुनार राज्यमन्त्री बन्नुभएको छ ।
नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्नुभएको हो ।
आजै नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकाे छ । उहाँहरुलाई प्रदेश प्रमुखले सपथ खुवाउनुभएकाे हाे ।
प्रकाशित मिति : 19:36









