२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा (एमाले)का १२ नेताले स्पष्टिकरण नदिने, कारबाही भोग्दै एमाले छाड्ने

१४ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले स्पष्टिकरण सोधेका १२ नेताले पार्टीलाइ जवाफ नदिने तर कारबाही भोग्दै एमाले छाड्ने भएका छन । एमालेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ हस्ताक्षर विक्री गरेका पूर्व सांसदहरू १२ जनालाइ स्पष्टिकरण सोधेको थियो ।

पार्टी सोधेको स्पष्टिकरणको पत्र समेत केन्द्रीय कार्यालयले सम्बन्धित नेतालाइ पठाइसकेको छ । एमाले छाड्ने नै तयारीमा रहेका १२ पूर्व सांसदले संयुक्त छलफल गरी स्पष्टिकरण नदिने तर कारबाहि भोग्दै पार्टी छाड्ने निष्कर्षमा पुगेको एक नेताले बताए ।

गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

कांग्रेसलाइ हस्ताक्षर बुझाएर स्पष्टिकरण सोधिएका मध्येका जीवनराम श्रेष्ठले प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय भएको बताउनभभयो ।

पूर्व सांसद सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

प्रकाशित मिति : 08:53