देउवाले प्रधानमन्त्री मागेको रिट शुक्रबार संवैधानिक इजलाशमा सुनुवाइ हुने
१३ जेठ, काठमाडाैँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनाइदिनुपिर्यो भन्दै दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुने भएकोछ । देउवासहित १४६ जना प्रतिनिधिसभाका पूर्व सांसदले सर्वोच्च अदालतमा रिट हालेका छन । देउवा लगायतले हालेको सहितको ११ वठटा रिट शुक्रबारदेखि संवैधानिक इजलाशमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रतिनिधिसभा विघटनविरूद्धका १९ रिट भने बिहीबार नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशमा सुनुवाइ हुँदै छ । १९ वटा रिट राणाले आफ्नो इजलाशमा राख्नुभएको छ । उहाँको एकल इजलाशमा आज ती रिटमाथि सुनुवाइ हुँदैछ । राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका थिए। सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनु पर्नेमा पनि रिट परेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका छन्।
प्रकाशित मिति : May 27, 2021 at 11:36 am







