नेकपा (एमाले)लाई एकताबद्ध बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता विष्ट
१३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले पार्टी एकता नटुट्न दिनका लागि प्रयास गर्ने बताउनुभएको छ । बिहीबार बिहान समाजिक सञ्जाल फेसबुक मार्फत एमालेको एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’
प्रकाशित मिति : 09:34









