योगेश भट्टराई फेरि माधवकुमार नेपालसँगै, एमालेबाट निकालिएकाको समूहमा मिसिए
१२ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराई फेरि माधवकुमार नेपालसँगै मिसिएका छन । केहीदिन अघि माधवकुमार नेपालसँग नेपाली कांग्रेसको पछि लाग्न अस्वीकार गरेका भट्टराई बुधबार जारी एक विज्ञप्तिबाट सो समूहबाट मिसिएका छन । उनी त्यहाँ एमालेबाट साधारण सदस्य समेत नरहनेगरी निकालिएका नेपालसहित झलनाथ खनाल लगायतसँग मिसिएर विज्ञप्ति निकालेका छन । विज्ञप्तिमा कांग्रेसको पछि लाग्नु प्रधानमन्त्री ओलीविरूरूद्धको क्रान्ति भएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 18:17









