२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा (एमाले)को विवाद समाधान कार्यदल कोल्याप्स

१० जेठ, काठमाडाैँ । नेकपा (एमाले)को विवाद समाधान कार्यदल कोल्याप्स भएको छ । कार्यदलले पार्टी एकताको लागि काम गर्दै विश्वासको वातावरण तय गर्न लागेकै बीचमा माधवकुमार नेपालले वातावरण विग्रिएपछि राम्रोसँग बैठक समेत बस्न नसकेको विवाद समाधान कार्यदल सोमबारदेखि औपचारिक रूपमै कोल्याप्स भएको छ।

कार्यदलले विवाद हुने काम नगर्न पार्टी पंक्तिलाइ अपिल गरेको एक घण्टा पनि वित्न नपाइ नेपालले आफ्नो सचिवालय मार्फत कांग्रेस र माओवादीसँगको सहकार्य नतोड्ने र एमालेलाइ कमजोर बनाउने उद्घोष गराउनुभएको थियो । त्यसपछि कार्यदलको बैठक राम्रोसँग बस्न सकेन भने माधवकुमार नेपाल सांसदहरूको फर्जी हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै राष्ट्रपतिको विन्ति बिसाउन पुग्नुभयो ।

त्यही प्रकरणलाइ लिएर एमालेको सोमबारको स्थायी कमिटी बैठकले कार्यदलका केही सदस्यलाइ समेत कारबाही गरेपछि अब कार्यदल औपचरिक रूपमै कोल्याप्स भएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा १० सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्थ्यो भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको थियो ।

प्रकाशित मिति : 21:03