एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, माओवादी सरकार ढल्ने
१० जेठ, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेको समर्थन फिर्ता लिएसँगै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार ढल्ने भएको छ । मुख्यमन्त्रीमा माओवादी नेता त्रिलोचन भट्ट रहनुभएको छ ।

प्रकाशित मिति : 19:53









