२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै, ११ नेतालाई कारबाही हुने

१० जेठ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीमा स्पष्टीकरण सोधिएका ११ जना सांसदलाई कारबाही गर्नेबारे छलफल हुनेछ ।

सम्भवतः आजको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदलाई कारबाही गर्ने तयारी भएको छ ।

नेता नेपाललाई यसअघि पनि कारबाही गरिएको थियो । तर, वार्तामार्फत सहमतिका लागि अग्रसर भएपछि कारबाही फिर्ता लिइएको थियो । स्पष्टीकरण सोधिएका नेताहरुमध्ये केहीले जवाफ पठाएका छैनन् । बैठकमा बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : 10:38