उपेन्द्र पक्षको निर्णय अमान्य भन्दै निर्वाचन आयोगलाई ठाकुरको पत्र
९ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र पक्षको मात्र उपस्थितिमा बसेको कार्यकारिणी समितिका निर्णयहरू आफूहरूलाई मान्य नहुने बताएको छ ।
अध्यक्ष महन्थ ठाकुरले कोरोनाको महामारीका कारण स्थगित गरिएको बैठक गोप्य स्थानमा बसी गरेको भनिएका निर्णयहरू आफूहरूलाई मान्य नहुने उल्लेख गर्नुभएकाे हाे। अध्यक्ष ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको जनाइएको छ ।
यसअघि जसपाको बहुमत पक्षको बैठक बसेर अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको दाबी उपेन्द्र यादव पक्षले गरेको थियो ।
यस्ताे छ विज्ञप्ति :

प्रकाशित मिति : May 24, 2021 at 12:05 am









