३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

शेरबहादुर देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव नेपाल पक्षका १९ सांसदको हस्ताक्षर

९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्ने माधवपक्षीय १९ सांसदमा झलनाथ खनाल, भीमबहादुर रावल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैनु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ रहेका छन् ।

गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल पक्ष, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहित ५ विपक्षी दलले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिने तयारी गरेका छन्। त्यसैका लागि उनीहरूले बहुमत सांसदको हस्ताक्षर पनि पेश गर्न लागेका छन्।

प्रकाशित मिति : May 23, 2021 at 3:14 pm