२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

काेराेना महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेकाेराेना महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन सबै दललाई आग्रह गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै  कोरोनाले आक्रान्त पारेको अवस्थामा देशका राजनीतिक शक्ति, नागरिक समाज लगायतलाई राजनीतिक झमेला छाडेर जनताका समस्या समाधानतिर केन्द्रित हुन आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘आज देश र जनता कोभिड–१९ बाट आक्रान्त भइरहेको अवस्था छ । यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिहरु, अरु झमेला छाडेर जनताका समस्या समाधानतिर लाग्न पर्ने हो । म अहिले पनि आह्वान गर्न चाहन्छु, राजनीतिक दल, नागरिक समाज सबै कोभिड–१९ को विरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ,’ ।

उहाँले काेराेना विरुद्धको अभियानमा नलागेर अहिले राजनीतिक दलहरु लोकतान्त्रिक प्रणाली र अभ्यासप्रति नै जनताको वितृष्णा बढ्ने गरी क्रियाकलाप गरिरहेको बताउनुभयाे ।

प्रकाशित मिति : 14:53