२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

योगेश भट्टराईको आग्रहः सबैले आफ्नो विगतलाई हेरौँ, धैर्य गरौँ, संवाद गरौँ

९ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्‍याउने बताउनु भएकाे छ । पार्टीभित्रको विवाद चर्किरहेकाे बेला नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमा फेसबूकमा स्टाटस लेख्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गर्नुभएकाे छ ।

उहाले लेख्नु भएकाे छ,‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ ।’

प्रकाशित मिति : 13:06