१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

भारतमा फेरि अर्को यास चक्रवात उत्पन्न

९ जेठ, काठमाडाैँ । भारतमा फेरि अर्को यास नामको चक्रवात उत्पन्न भएको छ । ताउ–तो चक्रवातको प्रभाव सकिएकाे केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतिए मौसम विभागले जनाएको छ । बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भोलि बेलुकासम्म समुद्रबाट उठ्ने आँधी आउँदो बुधबार तटीय क्षेत्रमा ठोक्किने छ । पश्चिम बङ्गाल र ओडिसाको तटीय क्षेत्रमा १६५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्नुकासाथै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : May 23, 2021 at 12:07 pm