२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्यः नारायणमान बिजुक्छे

८ जेठ, काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ ।

अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही भएको प्रष्ट पार्नुभएको हो । आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा आइपुगेको बिजुक्छेको भनाई छ । ‘पार्टीहरूमा देखिएको भद्रगोलमा बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, हाम्रो पाटीलाई यो स्वभाविक लागेको छ,’बिजुक्छेले भन्नुभयो ।

उहाँले भन्नुभयो –‘पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यहिँ हो । किनभने उनीहरुको म्युजिकल चेयर अनुसारले सरकारमा जाने योजना थियो । त्यसले त देश अघि बढ्दैनथ्यो । एक बर्षदेखि त्यो गडबड भइरहेको थियो । त्यसले गर्दापनि कोरोना जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यसरी भएन ।

अहिलेको घटना पार्टीहरुको अराजकताका कारण भएको हो ।’ अध्यक्ष बिजुक्छेले सरकारले घोषित मितिमै चुनाव गराउनसक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भनेको समयमा चुनाव नगरे बिरोध हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 16:28