२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सबैजना मिलेर निर्वाचनको अभियानमा लागौँः पूर्वमन्त्री बस्नेत

८ जेठ, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीको कदम जनतामा जान नसक्नेले मात्र विरोध गरेको बताउनुभएकाे छ।

पूर्वमन्त्री बस्नेतले सरकारले विभिन्न विकल्पहरु अवलम्बन गरिसकेपछि निकास ननिस्किएकोले अन्तिम विकल्प प्रयोग गरेको बताए । उहाँले अगाडि अगाडि लेख्नुभएकाे छ, ‘निकास दिन नसक्ने, वैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाई जस्तै भएको थियो, यसको विकल्प भनेको नयाँ जनमतबाट नयाँ सदन नै हो ।’

बस्नेतले यस घटनाक्रमको विरोध गर्नुको कुनै औचित्य नभएको बताउँदै सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान समेत गर्नुभएकाे छ ।

प्रकाशित मिति : May 22, 2021 at 1:21 pm