संविधान विरोधी कदमको प्रतिवाद गरौं : झलनाथ खनाल
८ जेठ, काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा संविधान विरोधी काम भएको बताउनुभएकाे छ । खनालले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको बताउनुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छः ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’
प्रकाशित मिति : 12:57









