२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने, चुनावकाे प्रतिवाद गर्न अपिल

८ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएको बताउँदै आन्दोलन गर्ने संकेत गरेका छन । नेता नेपालले शनिवार सामाजिक सञ्जालमार्फत षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताउनुभएकाे छ ।

नेता नेपालले संविधानकाे मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको बताउनुभएकाे छ ।

उहाँले भन्नुभएकाे छः ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

प्रकाशित मिति : 09:23