यी हुन माधव नेपालका पाँच अपराध
१. कर्णाली प्रदेशमा फ्लाेरक्रसकाे निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताकाे अन्त्य र प्रचण्डकाे हितमा सहयाेग –
२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गाेप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीकाे बिक्री तथा रहस्यमय राजिनामाकाे लागि गुप्त निर्देशन-
३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासकाे मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ –
४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविराेधी व्यक्तिलाई मतदान ।
५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयाेग गरी २७ जना सांसदकाे साथ रहेकाे कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चाैथाे वरियतामा उपस्थित ।
नेकपा एमालेकाे नेतृत्वमा रहेकाे सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसकाे गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूकाे भ्रत्सना गराैं !
प्रकाशित मिति : 08:37









