कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा
८ जेठ, काठमाडाैँ । कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गर्दै कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषदको आकस्मिक बैठकले बैकल्पिक सरकार गठनमा संसद असफल भएको भन्दै राष्ट्रपति समक्ष बिघटनको सिफारिश गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दावी खारेज गर्नुभएपछि प्रधानमन्त्री अोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो । बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेको हो ।
गत २०७७ पुस ५ गते बिघटित प्रतिनिधिसभालाई सर्वाेच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरेको थियो । सरकार गठनको बिकल्प हुँदाहुँदै बिघटन गर्न नपाइने भन्दै सर्वाेच्चले पुनःस्थापना गरेपछि पनि संसदले बैकल्पिक सरकार दिन सकेको थिएन । यही कारण प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको मिति तोक्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको हो ।

प्रकाशित मिति : 01:06









