२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले सांसद देखाएर प्रधानमन्त्रीमा देउवाको दाबी लजास्पदः मुख्यमन्त्री पोखरेल

७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका सांसद देखाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्नु लज्जास्पद रहेको टिप्पणी गर्नुभएको छ । उहाँले शुक्रबार सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै यस्तो उल्लेख गर्नुभएको हो । पोखरेलको टिप्पणी तल पढ्न सक्नुहुन्छ ।

संविधानको धारा ७६ (३) अन्तरगतको सरकारमा जसपा तटस्थ रहने र धारा ७६(५) अन्तरगतको सरकारमा सहभागि हुने भएपछि प्रमले (३)अन्तरगत प्रमको हैसियतमा विश्वासको मतको कोशिस नगरी मार्ग प्रशस्त गर्नु भएको र (५) अन्तरगतको सरकारमा जसपाको संस्थागत समर्थन प्राप्त भएसी दावी गर्नुभएको कुरा स्पष्ट छ । यसलाई विवादास्पद विषयका रुपमा चित्रण गर्नु संवैधानिक र कानुनी दृष्टिकोणवाट उचित होइन । राजनीतिक रुपमा जुन प्रकृयावाट सरकार दिन सकिन्छ त्यही प्रकृयामा प्रवेश गर्नु स्वभाविक हो । विगतको सर्वोच्चको फैसलाले पनि त्यही निर्देश गरेको छ ।

यस्तो अवस्थामा संसदीय प्रणालीमा प्रतिवद्ध भएको दावी गर्ने नेपाली कांग्रेसले सम्वन्धित दलको सहमती विना असंसदीय तरिकाले सांसदहरुको व्यक्तिगत रुपमा समर्थन छ भनेर राष्ट्रपतिकोमा दावी गर्नु चै लजास्पद घटना हो । त्यसमाथि पार्टी अनुशासन र संसदीय मान्यता विपरित पार्टीका वरिष्ठ नेताले विपक्षी नेतालाई प्रममा समर्थन गर्नु कानुनी र राजनीतिक दुवै हिसाबले अझ गंभीर घटना हो । यसले जनताको ठुलो वलिदानवाट स्थापित हाम्रो सम्वैधानिक व्यवस्था र राजनीतिक प्रणालीलाई नै कमजोर बनाउने खतरा उत्पन्न गराएको छ । यस्ता अवस्थामा संविधानको संरक्षक समेत रहनुभएकी सम्माननीय राष्ट्रपतिवाट उपरोक्त प्रकृतीका असंसदीय कार्यलाई मान्यता नदिई संसदीय प्रणालीको रक्षा हुनेनै छ ।

प्रकाशित मिति : 22:29