जसपाका बाबुराम-उपेन्द्रसहितका १२ सांसदको पद चट ! राष्ट्रपति कार्यालयमा पत्राचार
७ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदमाथि पार्टीले कारबाही गरेकाले उनीहरूको हस्ताक्षरलाइ मान्यता नदिन राष्ट्रपति कार्यालयमा पत्राचार गर्नुभएको छ ।
अब जसापका १२ सांसदको पद जाने भएको छ । उनीहरूले ४० प्रतिशत पुर्याउन नसकेका कारण पार्टी फुटाउने हैसियत पनि नभएकाले कारबाही भोग्नुको विकल्प पनि देखिएको छैन । उनीहरू माथि कारबाहीको पत्र संसद सचिवालममा बुझाउने तयारी जसपाले गरेको छ ।
ठाकुर र महतोले पत्र लेख्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गर्नुभएको छ । पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेकोमा उनीहरुमाथि कारवाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै दुवै नेताले संयुक्त अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति : 20:49









