२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपालले कांग्रेसलाई बुझाएका सांसदलाई एमालेले कारबाही गर्ने, सूचना राष्ट्रपति कार्यालयमा

७ जेठ, काठमाडौँ । माधवकुमार नेपालले नेपाली कांग्रेसलाई बुझाएका सांसदलालाई नेकपा एमालेले कारबाही गर्ने भएको छ । एमालेले ती सांसदमाथि कारबाही हुने सूचना राष्ट्रपति भवन शितल निवासमा दिएको छ ।

नेपालले शुक्रबार सांसदहरूको पुरानो हस्ताक्षर दुरूपयोग गरेर आफूसहित सात जना सांसदहरूको ताजै हस्ताक्षर तयार गरेर शेरबहादुर देउवालालाई बुझाउनु भएको थियो । त्यसमा हस्ताक्षर गर्ने र नगर्ने एमाले नेताहरूको असहमति रहेपछि नेपाल अन्य कुनै पनि एमालेको नेता नलिइ कांग्रेस र माओवादीको नेताहरूको हुलमा मिसनुभएको थियो ।

कांग्रेस र माओवादीका दर्जन नेता देउवाका निम्ति हिड्दा एमालेको बद्रोही समूहमा माधव नेपालमात्र देखिनुभएको थियो । एमालेले देवालाई हस्ताक्षर दिने सबै २६ नै सांसदमाथि गम्भीर कारबाही गर्ने तायरी गरेको छ । र यसको सूचना पनि राष्ट्रपति कार्यालयमा दिएको छ

प्रकाशित मिति : 19:29